काठमाडौं– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार बिहान सम्पन्न २०० मिटर पुरुष दौडमा एपीएफका शिवराज कार्की र महिला तर्फ लुम्बिनीकी निशा चौधरीर्ले ले स्वर्णपदक जितेकि छन् ।
शिवराजले निर्धारित दुरी २१ः९१ सेकेण्डको टाइमिङमा पूरा गरेर पहिलो भए । एपीएफकै आशिष चौधरी दोस्रो र त्रिभुवन आर्मी क्लबका युवराज विक तेस्रो भए । २२ः०५ सेकेण्डको टाइमिङमा निर्धारित दुरी पार गरेका आशिषले रजत र २२ः५० सेकेण्डको टाइमिङमा दुरी पार गरेका युवराजले कास्य पदक जिते ।
यसैगरी निशाले २०० मिटरको निर्धारित दुरी २५ः२४ सेकेण्डको टाइमिङमा पूरा गरेर स्वर्ण जितिन् । उनले १०० मिटरमा टोकियो ओलम्पिकमा सहभागी जनाएकी त्रिभुवन आर्मीकी सरस्वती चौधरीलाई पछि पारिन् । सरस्वतीले २५ः९५ सेकेण्डको टाइमिङसहित रजत जितिन् भने नेपाल पुलिसकी लक्ष्मी साउदले २६स्५२ सेकेण्ड टाइमिङ सहित कास्य जितिन् ।
नवौं राष्ट्रिय खेलकुद: २०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण

प्रतिक्रिया दिनुहोस्