वंसवादको आरोपले जेलिएको भारतीय राष्ट्रिय कांग्रेसले लामो समयपछि गान्धी परिवार बाहिरबाट नेतृत्व पाएको छ । भारतीय राष्ट्रिय कांग्रेसको नयाँ अध्यक्षमा मल्लिकार्जुन खड्गे विजयी भएका छन् । शशी थरुरलाई भारी मतान्तरले पराजितगर्दै खड्गे निर्वाचित भएका हुन् ।
बुधबार सार्वजनिक मत परिणामअनुसार खड्गेले ७ हजार ८९७ मत पाएकाथिए भने थरुरले १ हजार ७२ मत प्राप्त गरे । निर्वाचनमा कुल ९ हजार ३८५ मत खसेको थियो । केहीमत रद्द भएको जनाइएको छ ।
भारतीय कांग्रेसले २४ वर्षपछि गान्धी परिवारभन्दा बाहिर गएको छ । स्थापना कालदेखिनै आई कांग्रेसमा गान्धी परिवारको बर्चश्व रहेको थियो । सीताराम केशरी यसअघि गान्धी परिवार बाहिरबाट कांग्रेसको अध्यक्ष बनेका थिए । १९९६ मा अध्यक्ष बनेका केसरीलाई सोनिया गान्धीले १९९८ मा हटाएकी थिईन । त्यसपछि लामो समयसम्म सोनियाले कांग्रेसको नेतृत्व गरिन ।
राहुल गान्धीले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रो पटक हार व्यहोरेपछि सन् २०१९ मा नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेका थिए । त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिएकी थिइन् । सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।
भारत स्वतन्त्र भएयता भारतीय कांग्रेसको अध्यक्ष बनेका १६ जनामध्ये ५ जना गान्धी परिवारका व्यक्ति छन् भने ७४ वर्षमा ४० वर्ष गान्धी परिवारले कांग्रेसको नेतृत्व गरेको छ ।


प्रतिक्रिया दिनुहोस्