प्रत्यक्षतर्फ एक करोड ३७ हजार मतपत्र छापियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ हालसम्म एक करोड ३७ हजार मतपत्र छपाइ भएको छ ।

निर्वाचन आयोगका अनुसार बुधबारसम्म प्रतिनिधिसभातर्फ ५० लाख १३ हजार र प्रदेशसभातर्फको मतपत्र ५० लाख २४ हजार मतपत्र छापिएको छ । जनक शिक्षा सामाग्री केन्द्रबाट मतपत्र छपाइ भइरहेको हो । प्रत्यक्षतर्फ चार करोड मतपत्र छपाइ हुने आयोगले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने पहिलो चरणको मतपत्र ढुवानी भइसकेको छ । बिहीबारदेखि दोस्रो चरणको मतपत्र ढुवानी सुरु हुने बताइएको छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि कुल दुई करोड ४ लाख २१ हजार र प्रदेशसभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्