बझाङमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार जिप टुक्राटुक्रा भएका कारण नम्बर प्लेटसमेत खुलेको छैन ।

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको भण्डारीले बताए ।

- Advertisement -
Ad imageAd image

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्