ओलीसँग टेलिफोन संवाद गर्न १ लाख १३ हजार बढीले टिपाए नाम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्।

उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले धेरैको नाम र नम्बर आएको हुँदा नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरिएको बताए।

- Advertisement -
Ad image

उनले मंगलबार फेसबुक मार्फत ‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने बताएका थिए।

अध्यक्ष ओलीले जनताको उत्साहपूर्ण सहभागिताले आफू खुसी भएको बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्