भारतीय कांग्रेस पार्टीका अध्यक्षमा मल्लिकार्जुन खडगे निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खडगे निर्वाचित भएका छन् । सभापति पदका लागि मंगलबार भएको चुनावको नतिजामा खडगे विजयी भएका हुन् ।

करिब ९५०० प्रतिनिधिले मतदान गरेकामा खडगेले सात हजार ८९७ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी शशि थरुरले करिब १ हजार ७२ मत प्राप्त गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार निर्वाचनमा ४१६ मत खारेज भएको बीबीसी हिन्दीले लेखेको छ ।

- Advertisement -
Ad imageAd image

खडगेको जितपछि दिल्लीस्थित एआईसीसी कार्यालय बाहिर उत्सवको माहोल बनेको छ । कार्यालयमा ठूलो संख्यामा नेता कार्यकर्ता पुगेका छन् ।

कांग्रेस पार्टीको १३७ वर्षे इतिहासमा छैटौँपटक पार्टी अध्यक्ष पदका लागि सोमबार निर्वाचन भएको थियो । पार्टीको नेतृत्व अधिकांश समय गान्धी परिवारको हातमा र अध्यक्ष सर्वसम्मतिले चुनिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्