सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले बुधवार पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो ।
अदालतले आज पुनः ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले जनाएका छन।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्