ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँँ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए। उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो।

- Advertisement -
Ad imageAd image

ट्रयाक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ। अध्यक्ष वनेमका अनुसार चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्रयाक्टरमा सवार थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्