२०७९ कार्तिक २ बुधवार,
मेष
दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ ।
मिथुन
दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
सिंह
कला र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सफल र रमाइलो यात्राको योग पनि रहेको छ ।
तुला
महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा आउनसक्छ ।
धनु
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
कुम्भ
कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ । साथीभाइ तथा कुटुम्बको सहयोग मिल्नेछ ।
बृष
पुँजी बजार या शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ । मुद्दामामिलामा पनि विजयी भइनेछ ।
कर्कट
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ ।
कन्या
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
बृश्चिक
नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलङ्कार प्राप्ति हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।
मकर
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शत्रुबाट छुटकारा मिल्नेछ । सन्तान सुख पनि हुनेछ ।
मीन
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ ।


प्रतिक्रिया दिनुहोस्