राजेन्द्र लिङ्देनको पक्षमा माहोल बनाउन झापा आएका एमाले अध्यक्ष ओली अस्वस्थ

कार्यकर्ताको चर्को बिरोध र स्वास्थ्यमा समस्या देखिएपछि उक्त कार्यक्रममा ओलीको सम्बोधन अनिश्चित बनेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

झापा – झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। ओलीलाई रुघामर्की र ज्वरो आएको बताइएको छ।

बुधबार मेचीनगरमा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओली झापा आएका हुन् । कार्यक्रमलाई ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

- Advertisement -
Ad imageAd image

स्थानीय एमाले कार्यकर्ताको ठूलो समूह राजेन्द्र लिङ्देनलाई निर्वाचनमा सघाउने निर्णयको बिरोधमा छ । उनीहरू खुल्ला रूपमै लिङ्देनलाई मत नदिने भन्दै बिरोध गरिरहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ओली मंगलबार साँझ आयोजना गरिएको पूर्वनिर्धारित पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।

कार्यकर्ताको चर्को बिरोध र स्वास्थ्यमा समस्या देखिएपछि उक्त कार्यक्रममा ओलीको सम्बोधन अनिश्चित बनेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्