प्रधानमन्त्री देउवालाई “ओपन च्यालेन्ज” दिएर एमाले अध्यक्ष ओली लागे झापा

यस्तो चुनौति दिएका ओली आफूभने आज १० जनाको टोली सहित  गृह जिल्ला तथा आफनो निर्वाचन क्षेत्र तर्फ लागेका छन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खुल्ला चुनौति दिएका छन् । ओलीले देउवालाई खुल्ला प्रतक्ष बहस ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका हुन् ।

सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताउदै भने “के देउवा तयार हुनुहुन्छ?”

- Advertisement -
Ad imageAd image

यस्तो चुनौति दिएका ओली आफूभने आज १० जनाको टोली सहित  गृह जिल्ला तथा आफनो निर्वाचन क्षेत्र तर्फ लागेका छन् । ओली आज दिउँसो साढे २ बजे सौर्य एअरको उडान नम्बर एसएयु ९११ बाट काठमाडौंबाट भद्रपुर गएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्