तरुण दल धादिङका जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ले नेपाली कांग्रेसकै कार्यकर्तालाई तरवार प्रहार गरेका छन् । धादिङको नीलकण्ठ नगरपालिकास्थित धादिङ बजारमा कांग्रेस कार्यकर्ता भीम गुरुङमाथि तरवार प्रहार भएको हो । राधाकृष्ण भण्डारी उर्फ “राधे” गुण्डा नाइके भनेर कुख्यात छन् ।
भीम गुरुङमाथि गुण्डा नाइके ‘राधे’ आफैंले तरवार प्रहार गरेको पीडितका आफन्तले दावी गरेका छन् । तरवार प्रहारबाट गुरुङको दायाँ हातमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डीएसपी) श्याम खत्रीले तरवार प्रहार गरेको उजुरी आएको र घटनास्थलमा अनुसन्धान अधिकृतहरुको टीम पठाएको जानकारी दिए ।
प्रहरीका अनुसार गुण्डा नाइके राधेलाई पक्राउ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्