प्रधानमन्त्रीसहित शीर्ष नेताको निवासमा संगीतकार संघले देउसी खेल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ नेपाल संगीतकार संघले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको निवासमा देउसी-भैलो खेल्ने भएको छ ।

कात्तिक ६, ७ र ८ गते प्रधानमन्त्री निवास बालुवाटार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा संघले देउसी खेल्ने भएको हो ।

- Advertisement -
Ad imageAd image

संघका अध्यक्ष तथा संगीतकार चेतन सापकोटाले शीर्ष नेताको दैलोमा देउसी-भैलो खेल्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘देउसीमार्फत गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने नेतृत्वलाई मतदान गर्ने सन्देश दिन चाहन्छौं,’ उनले भने ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्