काठमाडौँ – चिनी आयातका लागि सरकारले स्वीकृति नदिएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले तिहारमा पनि चिनी बिक्री नगर्ने भएको छ।
साल्ट ट्रेडिङ स्थानीय बजारबाट खरिद गरेर खुद्रामा बेच्ने योजनाबाट पछि सरेको हो। ुलोकल बजारबाट खरिद गरेर बिक्री गर्दा कम्पनीलाई घाटा हुने देखियो। त्यसैले हामीले हाललाई चिनी नबेच्ने निर्णय गरेका छौं,ु साल्ट ट्रेडिङका बजार प्रबन्धक प्रज्वल प्रधानले भने।
चाडबाडका लागि भन्दै बर्सेनि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सरकारले कोटा तोकेर चिनी आयात अनुमति दिने गरेको थियो। त्यसरी आयात गर्दा कर छुटको सुविधा पाउने भएकाले साल्ट ट्रेडिङले वर्षौंदेखि नुनसँगै चिनीको कारोबार गर्दै आएको थियो। गतवर्ष निजी क्षेत्रले मुलुकको आवश्यकताभन्दा बढी चिनी भित्र्याएको थियो।
निजी क्षेत्रकै छेलोखेलो भएको भन्दै सरकारले साल्ट ट्रेडिङ र खाद्यलाई आयात अनुमति दिएन। त्यसरी आयातका लागि गतवर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृति नदिँदा दसैंअघिसम्म साल्ट ट्रेडिङले मौज्दात चिनी बेचिरहेको थियो। मौज्दात सकिएपछि नयाँ कोटा ल्याउन पाएन।
तिहारमा चिनीको धेरै खपत हुने गरेको छ। दसैं अघिदेखि निजी क्षेत्रसँग चिनी खरिदका लागि तयारी गरिरहे पनि मूल्यमा सहमति नबनेकाले साल्ट ट्रेडिङले नबेच्ने निर्णय गरेको हो।
ुसरकारले चिनी आयात नगरे पनि निजी व्यवसायीहरुले ठूलो परिमाणमा आयात गरेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको २ महिनामा नेपालमा करिब ५ लाख ८२ हजार केजी चिनी आयात भएको छ। गत वर्ष सोही अवधिमा २५ लाख केजी आयात भएको थियो।


प्रतिक्रिया दिनुहोस्