पुरुष म्याराथनमा अनिशले जिते स्वर्ण पदक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन् । पर्वतका ३२ वर्षिय अनिशले राष्ट्रिय खेलकुदमा म्याराथनमा पहिलो पटक स्वर्ण जितेका हुन् ।

नेपाल आर्मी क्लबका कृष्ण बस्नेतले रजत र एपीएफका सन्तोषविक्रम विष्टले कांस्य जिते । आफ्नै घरेलु मैदानमा स्वर्ण जित्दा खुशी लागेको अनिशले बताए । उनले आठौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्