मानवशास्त्री ओम गुरुङको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मानवशास्त्री ओम गुरुङको निधन भएको छ । ७० वर्षे गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए । उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।

- Advertisement -
Ad imageAd image

विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने निकटस्थले जानकारी दिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्