काठमाडौँ – डा.गोविन्द केसीसँग भएको पछिल्लो सहमति कार्यान्वयनका लागि सरकारले चिकित्सा शिक्षा आयोगबारे सात बुँदे निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार आयोगका कर्मचारीको सरुवा तथा पदस्थापनका विषयमा यस्तो निर्णय गरेको हो ।
डा.केसीसँग गत असोज ८ गते भएका दश बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप रोक्ने र आयोगका कर्मचारी खटाउने क्रममा देखिएका समस्या समाधान गर्ने बुँदा पनि समेटिएको थियो । असोज २८ गतेको मन्त्रिपरिषद् बैठकले डा. केसीसँग भएको सहमतिपत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आयोगका कर्मचारीबारे सात बुँदे निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्