विज्ञान र प्रविधिलाई प्रयोग गरेर अपराधिक क्रियाकलापको नियन्त्रण गर्नुपर्छ: गृहमन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले बर्सेनि आपराधिक घटना बढिरहेकाले विज्ञान र प्रविधिलाई प्रयोग गरेर अपराधिक क्रियाकलापहरूको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल प्रहरीले पनि आपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको उनको भनाइ छ । गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिबद्ध रहेको बताए । उनले नेपाल प्रहरीका जवानहरूको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गरे ।

गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Array