चुनावपछि सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा कुनै विवाद छैन: कांग्रेस उपसभापति खड्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले चुनावपछि सरकारको नेतृत्व गर्ने विषयमा गठबन्धन दलहरूबीच कुनै समस्या नआउने बताएका छन्।

गठबन्धनका चुनावी कार्यक्रमहरूलाई सम्बोधन गर्न गृहजिल्ला सुर्खेत आएका उपसभापति खड्काले पत्रकार सम्मेलन गर्दै चुनावमा गठबन्धनलाई सफल बनाउने र त्यसपछिका नेतृत्वका बारेमा पछि छलफल गरिने बताए।

‘अहिले हाम्रो सरोकारको विषय चुनाव सफल पार्नु हो, योसँगै गठबन्धनलाई चुनावमा जिताउनुपर्ने जिम्मेवारी छ,’ खड्काले भने, ‘पहिले हामीले बहुमत ल्याएर पछि सरकारमा कसले कतिबेला नेतृत्व गर्ने भन्ने विषयमा कुनै विवाद छैन।’

उपसभापति खड्काले गठबन्धन दलहरू चुनावपछि अधुरा भएका आयोजना पूरा गर्नेतिर लाग्ने बताए। विगतमा संविधानमाथि भएका प्रहारको प्रतीरक्षा सडकमा आएका दलहरूबीच अहिलेको चुनावी गठबन्धन भइरहेको उनले बताए।

उपसभापति खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साझा एजेण्डा हुनुपर्ने बताए। ‘अहिले पनि विमानस्थललाई विस्तार गर्ने कुरामा केही प्राविधिक समस्या आएकै छन्, विगतदेखि यसको विकल्प नखोजिएको पनि होइन,’ उनले भने, ‘यसलाई विस्तार गर्नु हामी सबैको साझा मुद्दा हो, कसैले राजनीतिक मुद्दा बनाउनु राम्रो होइन।’

प्रतिक्रिया दिनुहोस्

Array