काठमाडौंका केही स्थानमा सवारी चाप, बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौंका केही स्थानमा सवारी चाप रहेकाले ट्राफिक प्रहरीले बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । बालुवाटारबाट इटालियन एम्बेसी मोड, भाटभटेनी, छातागणेश, बालमन्दिर हुँदै नक्सालसम्मको रुटमा चल्ने सवारी साधनका चालकलाई केही समयका लागि बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो ।

बिशेष कारणबस उक्त रुटमा चल्ने सवारी साधनका चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

- Advertisement -
Ad image

यसबाहेक जडिबुटी, कोटेश्वर हुँदै चल्ने सवारी साधन चोकमा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । काठमाडौं भित्रिने र बाहिरिने नाकाहरुको सवारी आवगमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्