कात्तिक महिना बैंकको ब्याज नबढ्ने, असोजकै ब्याजदरलाई निरन्तरता दिइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – वाणिज्य बैंकहरुले असोजमा कायम ब्याजदरलाई नै कात्तिक महिनामा निरन्तरता दिएका छन्। आज कात्तिक महिनाको ब्याजदर सार्वजनिक गर्दै बैंकले असोजमा कायम ब्याजदरलाई निरन्तरता दिएका हुन्। यसअघि असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए।

असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए। केही बैंकहरुले भने रेमिट्यान्समा १५ प्रतिशतसम्म ब्याजदर दिएका थिए।

- Advertisement -
Ad image

ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको र लागतमात्रै बढेकोले बैंकहरुले कात्तिक महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्