काठमाडौँ – सर्वोच्च अदालतमा काँग्रेस नेता विजय गच्छादारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज भएको छ ।
आइतबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो । बिहीबार अधिवक्ता अनिल आचार्यले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उम्मेदवारी खारेजीको माग गरेर रिट दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्