काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिष्ट पार्टी र कांग्रेसको झण्डालाई साथ लिएर आन्दोलनको आँधीहुरी चलाएको बताएका छन ।
आइतबार काठमाडौँमा आयोजित काठमाडौँ क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने “२०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिष्ट पार्टी र कांग्रेसको झण्डालाई साथसाथै लिएर आन्दोलनको आँधीहुरी चलायौँ।” त्यतिबेला रुख र हँसिया हतौडा एक भएकै हो। जतिबेला शान्ति सम्झौता गर्यौँ, त्यसमा ७ राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेपछि मैले रुख चिन्हमा छाप लगाए बराबर हो र गिरिजाबाबुले हँसिया हथौडामा छाप लगाए बराबर हो।
त्यतिबेला सात दलको नेता माधवकुमार नेपाल हो। अहिले विभिन्न खालका तिक्डम गरेर आएका कोही नेताहरु एमालेका नेता थिएनन्। ती नेता भएको भए सायद १२ बुँदे समझदारी र संघीय लोकतन्त्रसम्म आउन दिँदैन थिए।”


प्रतिक्रिया दिनुहोस्