राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।

केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने जनाएको छ। जसमा २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँ, ५ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः कात्तिक २९ गते, माघ ३ गते, २०८० वैशाख ५ गते र २०८० असोज ३० गते परिपक्व हुनेछन्।

- Advertisement -
Ad imageAd image

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्