काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ९.६९ अंक (०.५२ प्रतिशत) ले गिरावट भएर १८६०.९४ अंकमा बन्द भएको छ ।
नेप्से सँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.४७ अंकले घटेर ३६५.४२ अंकमा बन्द भएको छ । आइतबार बैंकिङ र उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।
लगानीकर्ता बजारप्रति पोजेटिभ नदेखिंदा कारोबार रकम आइतबार पनि १ अर्ब पुग्न सकेन । आइतबार बजारमा २४ लाख ७४ हजार ७८५ कित्ता सेयर किनबेच हुँदा ८० करोड ३५ लाख २६ हजारको कारोबार भएको छ ।
एभरेष्ट बैंकको सर्वाधिक ८ करोड ४७ लाख ६० हजारको कारोबार भएको छ । यस्तै ग्लोबल आईएमई बैंकको ४ करोड ८८ लाख ६ हजारको कारोबार भएको छ ।
आइतबार नेप्सेमा १८३ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ३० कम्पनीको बढेको छ । त्यस्तै ५ कम्पनीको स्थिर रहेको छ ।
अभियान लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको ७.२५ प्रतिशत, एभरेष्ट बैंकको ५.१५ प्रतिशत र नेपाल एसबिआई बैंकको सेयरमूल्य ३.७७ प्रतिशतले वृद्धि भएको छ ।
यता पिपुल्स पावरको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटिजन्स बैंकको सेयरमूल्य ७.०३ प्रतिशतले गिरावट भएको छ ।


प्रतिक्रिया दिनुहोस्