अर्को व्यवस्था नभएसम्मका लागि देशैभरका प्याराग्लाइडिङ उडान सरकारले बन्द गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।
आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुदाँ एक जना खेलाडीको मृत्यु भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
प्राधिकरणको निर्णयमा भनिएको छ, “अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने” ।


प्रतिक्रिया दिनुहोस्