सत्यमोहन जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।

जोशीको पार्थिव शरीरलाई अहिले अस्पताल परिसरमै राखिएको छ । यसअघि, आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको सम्झनामा सरकारले योजना बनाएर काम गर्ने बताएका थिए ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्