नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर खेलाडीको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – पोखरामा प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडीको मृत्यु भएको छ । आज बिहान पोखरामा उनी प्याराग्लाइडिङबाट खसेका थिए । आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्