काठमाडौं- एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८-७९ को नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आउँदो साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्