गठबन्धनका तीन शीर्ष नेताहहरुले आज काठमाडौंमा प्रशिक्षण दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – सत्तारुढ गठबन्धनले काठमाडौंमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको गठबन्धनकी उमेदवार ओनसरी घर्तीले जानकारी दिइन् ।

उनका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

- Advertisement -
Ad image

कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्