लघुबीमा र स्टक एक्सचेन्जसहितका लाइसेन्स वितरण रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले अर्बौ रुपैयाँ घुस सेटिङमा लाइसेन्स वितरण गर्न लागेको लघुबीमा, स्टक एक्सचेन्जलगायतका लाइसेन्सहरु रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । निर्वाचनको अन्तिम तयारी भइसकेको अवस्थामा सरकारी निकायबाट भटाभट भइरहेको लाइसेन्स वितरण गर्नु निर्वाचन आचार संहिता विपरित हुने भन्दै उजुरी परेको हो ।

उपभोक्ता हित संरक्षण मञ्चले हिजो निर्वाचन आयोगमा उजुरी दर्र्ता गराउँदै सरकारका नाममा निर्देशनात्मक आदेश जारी गर्न माग गरेका छन् । मञ्चका अध्यक्ष ज्योति बाँनियाले निर्वाचनको बेला लघुबीमाको लाइसेन्स वितरण गर्ने निर्वाचन आचार संहिता विपरित भएको भन्दै उजुरी दर्ता गरिएको बताए ।

अधिवक्ता बानियाँले दर्ता गरेको उजुरीमा स्टक एक्सचेन्ज, ब्रोकर कम्पनी, बीमा कम्पनीलगायतका लाइसेन्स वितरण गर्ने कार्य निकै महत्वपूर्ण रहेको भन्दै रोक्न माग गरिएको हो । अधिवक्ता बानियाँले वर्तमान सरकार काम चलाउ सरकारको अवस्थाामा पुगिसकेकोले दुरगामी असर पार्ने महत्वपूर्ण निर्णयहरु गर्नु नहुने जिकिर गरिएको छ ।

सरकारले अर्बौ रुपैयाा घुस सेटिङमा ७ वटा लघुबीमा, एक वटा स्टक एक्सचेन्ज, दुई वटा कमोडिटी एक्सचेन्ज, असंख्या स्टक ब्रोकरलगायतको लाइसेन्स वितरण गर्दैछ । बीमा समितिले वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स अबैध भएको भन्दै सर्वोच्च अदालतमा नै मुद्दा दर्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array