एक ज्यान दुई जुनी: राजनीतिक मैदानमा गैरराजनीतिक खेलाडी

गरिब मुलुकबाट धनी मुलुकमा पढ्न गएको विद्यार्थी, अमेरिकामा पनि कति विपन्नता, असमानता, विभेद रहेछ सिक्ने क्रममा यो महत्वपुर्ण तथ्य थाहा हुन पुग्यो ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०७९, शनिबार
9 Min Read
Aa
Highlights
  • गरिब मुलुकबाट धनी मुलुकमा पढ्न गएको विद्यार्थी, अमेरिकामा पनि कति विपन्नता, असमानता, विदेद रहेछ सिक्ने क्रममा यो तथ्य महत्वपुर्ण पहलु हन पुग्यो ।

काठमाडौं–

एक ज्यान दुई जुनी किताबको एउटा शिर्षकको केहि अंश प्रस्तुत गरिएको छ । यस पुस्तकको लेखक देवेन्द्रराज पाण्डे रहेका छन् । तत्कालिन समयमा नेपाल र अमेरिका बस्दा भएको राजनीतिक घटनाक्रम, देखेका, सुनेका र पढेका विषयवस्तु   छ ।

विद्यार्थी जीवनमा समेत मलाई राजनीतिमा अभिरुचि थिएन । राजनीति बुझ्न, खोजनिती गर्न पनि मन लाग्दैनथ्यो । त्यस बेलाको एउटा अपवाद भने सम्झन्छु । २०१० सालमा एसएलसी पास गरेर कलेज प्रवेश गर्दा राणशासन ढलिसकेको थियो । नेताहरु सानो टुँडिखेलमा, अहिले सेनाको अधीन क्षेत्र, र तीनधारा पाठशादा (त्यहाँ एउटा राम्रै आकारको मैदान थियो, त्यस बेला) अगाडि बराबर भाषण गर्थे । तीमध्ये भीड जम्मा गर्न सक्ने डिललीरमण रेग्मी, केआई सिंह जस्ता ‘प्रतिपक्षी’ वक्ता हुन्थे । साथीहरु उक्त विषयमा गफ गर्थे, मलाई चाख लाग्थेन । २०१४ सालमा नेपाली काङ्ग्रेससमेत सम्मिलित प्रजातान्त्रिक भेलाले गरेको भद्र अवज्ञा आन्दोलनमा भने एउटा सानो घटना घट्यो ।

बिएमा पढ्दै थिए, एक जना सहपाठी कोमल चित्रकार थिए, जो पछि नेपाली काङ्ग्रेसमा जुझारु कार्यकता भए र पञ्चयातकालमा काठमाडौं नगरपालिकाको प्रधानपञ्च हुन पुगे । हामी साथीहरुलाई लिएर कमल टँडिखेलतिर गए, त्यहाँ कसले के भने, म सम्झन्नँ । तर एकैछिनमा एउटा ट्रक (लरी भन्थे त्यस बेला) लिएर प्रहरी आयो, हामी सबैलाई त्यसमा खाँदेर थानकोट लगेर छाडिदियो । थानकोटबाट पैदल हिँडदै थाकेर घर फर्केको सम्झन्छु । तर अभिभावकहरुले थाहासम्म पनि पाएनन् । जिन्दगीमा पछि २०४६ सालयता प्रहरीको घेराबन्दीमा निकैचोटि परे, त्यो पहिलो अनुभव हुँदा भने वास्तवमा के भएको हो र किन ? त्यतापट्टि ध्यान गए जस्तो लागेन ।
त्यसो त प्रहरीले मलाई एक पटक अमेरिकामा विद्यार्थी छँदा पनि छाडेन । सन् १९६७ फेबुअरीको घटना हो । उक्त घटनामा आउनुभन्दा पहिले यसको पृष्ठभूमिको चर्चा आवश्यक पर्छ ।
उल्लेख गरिसके,१९६० को दशकको अमेरिकाको अवस्था, जुन कालखण्डमा पटकपटक गरी मैले झन्डै पाँच वर्ष जस्तो विद्यार्थी जीवन बिताएको थिएँ । दूरगामी महत्वका घटनाहरुले भरिएको दशक थियो, ‘प्रेम गरौँ,युद्ध होइन’ नारा र पुष्प बालक जस्ता बिम्ब मन पराउने युवाहरुको लत र गाँजा खाने हिप्पीको जमात नेपाल आउने बेलासमेत थियो । त्यस्तै बिटल्सदेखि, बब डिलान, जोन वाएज, साइमन र गाफुङकलका सङ्गित सुनेर नाच्ने, झुम्ने विद्यार्थीहरुको बिगबिगी र आकर्षण थियो । त्यही बेला अश्वेयत जातका अमेरिकनहरुको मौलिक नागरिक अधिकार प्रत्याभूत गर्ने उदेश्यले मार्टिन लुथर किङ जुनियरको नेतृत्वमा आन्दोलन भयो । त्यस बेला काल जातिविरुद्ध भेदभाव धेरै मात्रामा कायम थियो । कट्टरपन्थी जातिवादीहरुको बाहुल्य भएको दक्षिणी भेगका राज्यहरुले खुला रुपले दमन चलाउँथे । काला जातिका नागरिकहरुविरुद्ध भेदभावले गर्दा कतिपय राज्यमा त्यस युगमा पनि बसमा, विश्वविद्यालयमा उनीहरुले प्रवेशसमेत पाउँदैनथे । र कतैकतै गोराहरुबात नृशंस तरिकाले मारिन्थे पनि । त्यही बेला जोन एफ केनेडी र पछि लिन्डन वेन्स जोन्सन जस्ता व्यक्ति राष्ट्रपति भए । सङघीय सरकारको अधिनमा रहेको सुरक्षा बलसमेतको प्रयोग गरेर काला जातिका नागरिकहरुको अधिकारको रक्षा गर्ने उदेश्यले केन्द्रीय कानुन लागू गर्न अग्रसरता लिन्थे । तैपनि मुलुकमा एउटा ठूलो समुदाय आफ्ना मौलिक अधिकारबाट बञ्चित रहिरहे । यी धेरै कुरा मेरा लागि नौला थिए । यो स्थिति पछाडिका राजनीतिक र मानवीय पक्षहरु क्रमशः हेर्दै सिक्दै जान्दै गएँ ।
त्यही दशकमा मार्टिन लुथर किङ र त्यस बेला डेमोक्रेटिक पार्टिबाट राष्ट्रपतिका लागि उम्मेदवार हुन प्रतिस्पर्धा गरिरहेका उदार मनमस्तिष्कका नेता रोबर्ट केनेडीको हत्या भएको सुन्नुपरेको थियो । रोबर्ट केनेडीका दाजु अमेरिकी राष्ट्रपति जोन एफ केनेडी पनि केही अघि त्यही दशकमा मारिएका थिए । त्यो बेला म स्नातकोत्तर सकेर भर्खर नेपाल फर्केर सरकारमा आफ्नो पद सम्हालेको थिएँ । त्यसपछि विद्यावारिधि गर्न अमेरिका फर्केपछि १९६० को दशकसँगको अमेरिकासँग मेरो ब्यक्तिगत जम्काभेट पुनःस्थापित भएको थियो । लिन्डन वेन्स जोन्सन राष्ट्रपति भएपछि नागरिक अधिकार ऐन, मतदाता अधिकार एनेसमेत लागू भएर अमेरिका इतिहास रच्दै थियो । तर पनि अमेरिकाको इतिहास, स्थापित संस्कृति र ‘मौलिक’ सङ्घीय संरचनाको प्रभावले ती ऐनहरुमा रहेका प्रावधान कति कमजोर र अपूर्ण थिए भन्ने कुरा अहिले पनि कट्टरपन्थीहरुबाट नागरिक अधिकार र मदताता अधिकार दुवैतिर लक्षित असहिक्ष्णु र अन्यायपूर्ण व्यवहारले देखाउँदै छ । जोन्सनले गरिबीविरुद्ध युद्ध पनि छेडेका थिए, अमेरिकालाई ‘ग्रेट सोसाइटी’ बनाउने घोषणा गरेका थिए, जुन विषयमा मेरा लागि नौलो र अमेरिकाबारे सकरात्मक भाव उत्पन्न गराउने कारकतत्व बन्थ्यो । गरिब मुलुकबाट धनी मुलुकमा पढ्न गएको विद्यार्थी, अमेरिकामा पनि कति विपन्नता, असमानता, विभेद रहेछ सिक्ने क्रममा यो महत्वपुर्ण तथ्य थाहा हुन पुग्यो ।
अमेरिकाको पहिलो बसाइमै मैले अमेरिकी जीवन, चालचलन, सामाजिक र सांस्कृतिक तौरतरिकाबारे पूरा परिचित भएर मात्र नेपाल फर्कने प्रण गरेको थिएँ । त्यही उदेश्यले राम्ररी अङ्ग्रेजी बोल्न पनि जानी नसकेको र अमेरिकी रहनसहनसँग पुरै अपरिचित भएपनि तीन जना अमेरिकी (तीमध्ये दुई जना म पढ्ने ग्य्राजुएट स्कुलमा पढ्थे, उनीहरुको विषय बेग्लै भए पनि)सँग अपार्टमेन्ट सेयर गरेर बसे । मेरा लागि त्यो अनुभव धेरै सुखद र शिक्षाप्रद रहयो ।

अमेरिकी रहनसहन, ‘सभ्य व्यवहार’ सबै सिके । नेपालमा रक्सी छुँदै नछोएको, कुखुरासम्म पनि नखाने बाहुन बिस्तारै ‘बिग्रिएँ’ सर्वभक्षी भएा । अमेरिकनसँग अपार्टमेन्टमा सँगै बसेका नाताले थुप्रै अमेरिकन साथी भए, अन्डरग्य्राजुएट स्तरमा पढ्ने छात्रछात्राहरुँग समेत घुलमिल बढ्दा मनोरञ्जन र अनौपचारिक प्रशिक्षण दुवै किसिमले सो बसाई लाभदायक थियो । सन् १९६५ मा यस्तै जीवनमा फर्केर विद्यावारिधि अध्ययनमा लागेपछि सङ्गतको दायरा अझै बढी फराकिलो भयो । सुरुमा एउटा भिन्नता रहयो । सन् १९६२÷६३ मा त्यहाँ पढ्दा पूरै पिट्सबर्ग विश्वविद्यालयमा नेपाली विद्यार्थी म एक जना मात्र थिएँ । यसपालि सुरुमै पिट्सबर्ग आउनुअघि हवाईको इस्ट–वेस्ट सेन्टरमा भेटेको साथी रत्नशमशेर जबरासँग (मेरो पिएचडी छात्रवृतिको व्यवस्था हवाई विश्वविद्यालयको त्यही सेन्टरबाट भएको थियो केही समय अपार्टमेन्टसेयर गरी बस्न पाएँ । उनी भूगोलमा विद्यावारिधि गर्दै थिए । त्यो छोटो समपछि म फेरि अमेरिकन साथीहरुसँग मिलेर बास खोज्ने, सँगै बस्ने काममा लागे । यही कालखण्ड्मा त्यही बेला चर्चा र बहसको महत्वपूर्ण विषय भियनाम युद्ध थियो ।

युद्धले दिनप्रतिदिन उग्र रुप लिँदै थियो, युद्ध जति बढी चम्कियो, नरसंहारका दृश्यहरु टिभीको पर्दामा त्यति धेरै देखिन्थे । त्यही क्रममा देशभर, खासगरी विश्वविद्यालयका क्याम्पसहरुमा यो युद्ध चर्चा र बहसको महत्वपूर्ण विषय बन्यो । युद्धिविरोधी युवा र अरु नागरिकहरुको आवाज बुलन्द हुँदै गयो । र यसरी कक्षाभित्र, बाहिर प्रशिक्षिति हुने मेरो सङ्गत पनि अरु फराकिलो हुँदै गयो ।  मेरो आफ्नै कक्षाका साथीका भाइहरुसमेत भियतनाम मारिएको खबरले हामी सबैलाई बढी संवेदनशील तुल्याउँथ्यो । हाम्रो चासो, छmफल, बहस पनि अरु गम्भीर हुने नै भयो । देशभरका विश्वविद्यालय क्याम्पसहरुमा युवा विद्यार्थी र केही प्राध्यापकसमेत भियतनाम युद्धको विरोधमा उत्रँदै जाने क्रममा एक दिन दिउँसो हाम्रो क्याम्पसमा युद्धविरोधी भाषण गर्न एक जना नाम चलेका जझारु वक्ता आएका थिए ।

एनको भाषण सुनन्न चाँहि म चुके । साँझपख केहि विद्यार्थी बस्ने कुनै आवसमा उनी फेरि आउने कार्यक्रम रहेछ । ती अन्डरग्य्राजुएट छात्रा, जसले मलार्य पश्चिमा शास्त्रीय सङ्गीतको परिचय गराएकी थिइन, उनको आग्रहमा उनीसँगै म त्यहाँ पुगे । हाम्रो गफगाफ चल्दै थियो, सायद बियर पनि पिउँदै थियौ, एक्कासि एक टोली प्रहरी आए, मोटरहरुको साइरन बजाउँदै । हामीलाई भित्तापट्टि फर्काएर लाम लगाए उभ्याए, सबैको खल्ती छामछुम पारे अनि लिएर गए थाना । त्यहाँ हामीले गाँजा (मेरुवान) खाएको आरोपलगाए रे, जुन असत्य थियो । प्रहरीसँग प्रमाण पनि थिएन । उनीहरुको रिस हामीसँग भन्दा युद्धविरोधी वक्तासँग थियो ।

भोलिपल्ट बिहान हामीलाई छाडियो । पछि हामीलाई लगाएको आरोप पनि फिर्ता लिएछन् । हाम्रो इज्जत बढे जस्तै लाग्यो, जब यसको भोलिपल्ट, पिट्सबर्गको एक लोकप्रिय दैनिकले प्रहरीको आलोचना गरेर सम्पादकीय लेख्यो । म अहिले पनि सम्झन्छु, त्यो सम्पादीयको शीर्षक थियो, स्मेरिङ दी इनोसेन्ट्स । त्यो बेला काठमाडौंमा मेरो सरकारी हैसियत चाहिँ ‘उपसचिव’ भैसकेको थियो । यहाँ थाहा पाएको भए, हल्ला भएको भए, इज्जत, बेइज्जत केकति हुन्थ्यो, जागिर के हुन्थ्यो, थाहा छैन । भाग्यले त्यो युग बैग्लै थियो, इन्टरनेट सुविधा हाम्रो सपना, कल्पनामा पनि थिएन ।
यो लामो वर्णनमा विषयान्तर भयो कि कुन्नि, यो काण्डको चर्चा गरेर राजनीतिक काममा, कुरामा म कति काँचै थिएँ र यतातिर मेरो शिक्षा कसरी सुरु भयो भन्ने थप उदाहरण दिन खोजेको मात्र हुँ । के कारणले हो, राज्यसँग जुझ्ने काममा मेरो नियतिले एक पललाई भए पनि मलाई अमेरिकामा समेत छाडेन ।

प्रतिक्रिया दिनुहोस्

Array