अफगानिस्तानमा महिलाले अर्थशास्त्र र पत्रकारिता पढ्न नपाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – तालिबानले महिलालाई विश्वविद्यालयका धेरै विषयमा प्रतिबन्ध लगाएको छ। अधिकांश किशोरीलाई विद्यालय जान प्रतिबन्ध लगाएको एक वर्षपछि अफगानिस्तानमा तालिबानले सार्वजनिक विश्वविद्यालयमा महिलाले भर्ना गर्न सक्ने पाठ्यक्रममा व्यापक प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।

महिलालाई पत्रकारिता, कृषि, पशु चिकित्सा, इन्जिनियरिङ वा अर्थशास्त्र जस्ता विषयहरू लिन प्रतिबन्ध लगाएको हो। तालिबानले पुरुषले रोज्न सक्ने विषय समेत सीमित बनाएको छ। प्रवेश परीक्षामा पुगेकी पूर्वी अफगानिस्तानको लघमान प्रान्तका १९ वर्षीया एक युवतीले पत्रकारितामा आफ्नो भविष्य बनाउने सपना तालिवान शासकको नयाँ आदेशका कारण संकटमा परेको बताएकी छिन्।

- Advertisement -
Ad imageAd image

अगस्ट २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले किशोरीलाई माध्यमिक तह अध्ययनमा प्रतिबन्ध लगाएकोले उनले आफ्नो अन्तिम वर्ष पूरा गर्न नपाएको बताएको समाचारमा उल्लेख छ।

विद्रोही समूहले पाका केटीहरूलाई विद्यालयमा फर्काउन सही ‘इस्लामिक वातावरण’ सिर्जना गर्न आवश्यक रहेको बताएको छ। तर उनीहरू सत्तामा फर्केको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अधिकांश प्रान्तमा किशोरी विद्यालय जाने वातावरण बनेको छैन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्