बैंकविरूद्ध सडकमा उत्रिए सुर्खेतका व्यवसायी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

कठमाडौँ – बैङ्कहरूले ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बैंकले ऋण लगानीको ब्याज महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौँ शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको व्यवसायीहरूको आरोप छ ।

शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकदेखि व्यवसायीहरूले र्‍याली सुरु गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएका छन् । यस्तै राष्ट्र बैँकलाई पनि ध्यानाकर्षण पत्र बुझाएको छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्