मंसिर मसान्तसम्म आयात प्रतिबन्धलाई नरन्तरता दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले गाडी, मदिरा, ३ सय डलरभन्दा बढिको स्मार्ट फोन र १ सय ५० सीसी माथिका मोटरसाइकलको आयात प्रतिबन्धलाई नरन्तरता दिने निर्णय गरेको छ। सरकारले मंसिर मसान्तसम्मका लागि प्रतिबन्ध कायम राखेको हो।

असोज २८ गतेसम्मका लागि भन्दै यसअघि १० मध्ये ६ बस्तुको आयात खुलाएको सरकारले ४ बस्तुको प्रतिबन्धलाई पुन निरन्तरता दिएको हो।

- Advertisement -
Ad image

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो।

उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले आयातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय अटोमोबाइल व्यवसायीले आयात खुलाउन दबाब दिँदै आएका थिए। दसैंअघि सरकारले असोजमा खुलाउने भनेर थुम्थुम्याएको थियो। तर, असोजमा पनि सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ।

सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै गत वैशाख १३ गते राजपत्रमा सुचना प्रकाशित गरी १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। गत भदौमा ६ वस्तुमा प्रतिबन्ध हटिसकेको छ। सुरुमा कुरकुरे, हिरा, तास, ३२ इन्चमाथिको टेलिभिजन, चुरोट र सुर्तिजन्य पदार्थको आयातमा पनि प्रतिबन्ध लगाइएको थियो।

विदेशी मुद्राको सञ्चितिमा सुधार नभएको र अन्तर्राष्ट्रिय परिदृष्यले पनि सहज अवस्थाको संकेत नगरेको भन्दै राष्ट्र बैंक प्रतिबन्धको पक्षमा थियो। वाह्य क्षेत्र स्थायित्वको जिम्मा बोकेको राष्ट्र बैंकले नै आयात खुलाउन नहुने भनेपछि सरकार पछि सरेको हो। सरकारलाई भने निजी क्षेत्रबाट आयात खुलाउन दबाब थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्