प्रभु साह एमालेबाट निष्कासित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह-इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी दिएका हुन् ।

प्रभु साहले प्रतिनिधिसभातर्फ रौतहट ३ बाट स्वतन्त्र उमेदवारी दिएका छन् । रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख छ ।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्