काठमाडौँ – कैलालीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि थारु सामुदायबाट ४२.८४ प्रतिशत उम्मेदवार रहेको देखिएको छ ।
जिल्लाको पाँच निर्वाचन क्षेत्रमा थारु सामुदायबाट प्रतिनिधिसभामा १२, प्रदेशसभामा २२ गरी जम्मा ३४ जना चुनावी प्रतिस्पर्धामा छन् । धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले एक सय २६ जनाको उम्मेदवारी रहेको जानकारी दिए ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक सय ४४ जनाले उम्मेदवारी दर्ता गराएकामा बुधबार १८ जनाले उम्मेदवारी फिर्ता गरिएपछि एक सय २६ जना चुनावी मैदानमा उत्रिएका हुन् ।
कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ४८ तथा प्रदेशसभामा ७८ जना उम्मेदवार छन् भने पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा थारु सामुदायवाट तीन जनाले उम्मेदवारी दिएकामा नेपाली कांग्रेसबाट रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी र नेपालका लागि नेपाली पार्टीबाट मानबहादुर चौधरी छन् ।


प्रतिक्रिया दिनुहोस्