लुम्बिनीलाई हराउँदै पुलिस सेमिफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियिोगितामा लुम्बिनी प्रदेशमाथि ९७ रनको फराकिलो जित हात पार्दै पुलिस सेमिफाइनल प्रवेश गरेको छ । पुलिस लगातार तीन खेलमा तीन जित हात पारेर ६ अंकका साथ समूह बी को शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो ।
पोखरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको बलियो लक्ष्य पेस गरेको थियो । पुलिसको लागि तल्लोक्रमकी कविता जोशीले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहिन् ।

१४ ओभरमा ४ विकेट गुमाउँदै मात्र ५० रन बनाएको पुलिसका लागि कविताले आक्रामक इनिङ खेल्दै ६ ओभरमा ६२ रन बनाएको हो ।

- Advertisement -
Ad imageAd image

लुम्बिनीका लागि सुस्मिता भुषाल र मनिषा रानाले समान २ विकेट लिए । कमला जिएम र मधु डिसीले १र१ विकेट लिए ।

पुलिसले दिएको बलियो लक्ष्य पछ्याएको लुम्बिनी १२।५ ओभरमा १५ रनमै अल आउट भयो । लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले १३ बलमा १ चौकासहित सर्वाधिक ६ रन बनाइन् । आश्मा पुलामी मगरले ३१ बलमा एक चौकासहित ५ रन बनाइन् ।

लुम्बिनीका ७ खेलाडीले खाता नै खेल्न नसकी आउट भए । कमला घर्ती मगर, नितु भण्डारी, मधु डिसी, सुस्मिता भुसालल, सुस्मिता बजागाईं, मनिषा राना र शर्मिला रोकाले खाता खोल्न सकेनन् ।

पुलिसको लागि ईश्वरी विष्टले ४ ओभरमा २ रन खर्चेर ४ विकेट लिइन् । हिरन्मई रायले २ ओभरमा ५ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले १।५ ओभरमा १ रन खर्चेर २ विकेट र सबनम राइले एक विकेट लिइन् ।

पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रोमा प्रदेश १ र तेस्रो खेलमा लुम्बिनीमाथि फराकिलो जित अन्तर निकालेको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्