बुटवलमा उमेदवारी खारेजको विरोधमा धर्ना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बुटवलमा निर्वाचन आयोगले दुई उमेदवारको उमेदवारी खारेज गरेपछि न्याय माग्दै धर्ना सुरु भएको छ । ‘जनताको उमेदवारलाई न्याय दे’ भन्दै युवाले धर्ना सुरू भएको छ । लौरो अभियानका उमेदवार डा. कमल भुसाल (निकोलस) का समर्थक र नेकपा एकीकृत समाजवादीका उमेदवार राजु गुरुङका समर्थकहरूले संयुक्त रूपमा धर्ना सुरू गरेका हुन् ।

रुपन्देही क्षेत्र नं. २ का निर्वाचन अधिकृतले राजनीतिक प्रभावमा परेर उमेदवारी खारेज गरेको भन्दै लौरो अभियान र राजु गुरुङका समर्थक निर्वाचन कार्यालय रहेको गेटमा धर्नामा बसेका छन् ।

- Advertisement -
Ad imageAd image

डा। कमल र गुरुङको उमेदवारी बदनियतपूर्ण तरिकाले खारेज गरिएको भन्दै उमेदवारी कायम गर्न अपिलसमेत गरेका छन् । धर्नामा बसेकाहरूले न्याय नपाएसम्म धर्ना नछोड्ने बताएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्