उमेदवारी खारेजविरुद्धको रिटमा गुरुङकै कानुन व्यवसायीले रोके सुनुवाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उमेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ रोकिएको छ ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पनि उमेदवार रहेको रुपन्देही २ मा उठेका एकीकृत समाजवादीका राजु गुरुङको उमेदवारी निर्वाचन आयोगले खारेज गरेपछि त्यसको विरुद्धमा परेको रिटको सुनुवाइ गुरुङकै कानुन व्यवसायीबाट स्थगित भएको हो ।

- Advertisement -
Ad image

गुरुङले आफ्नो उमेदवारी खारेजीविरुद्ध बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रारम्भिक सुनुवाइको लागि शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको थियो । पेसी उनकै कानुन व्यवसायीबाट स्थगित गरिएको छ ।

गुरुङको रुपन्देही २ मा फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा उमेदवारी खारेज गरिएको थियो । उनले आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गरेका थिए ।

न्यिदब िदबलप
आयोगले बदरको निर्णय सदर गरेपछि उनी आयोगका विरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका हुन् । गुरुङलाई २०७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्