नेपाल धितोपत्र बोर्डमा विभिन्न पदमा कर्मचारीको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । सेबोनले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त आह्वान गरेको हो ।

जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ ।

- Advertisement -
Ad imageAd image

इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित कार्यालयमा दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ । परीक्षा लिखित र अन्तर्वार्ता गरी दुवै किसिमको हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्