काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी बिहीबार चाँदी तोलामा ११ सय ९० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ५ रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्