काठमाडौं – चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि आगो लागेको हो ।
करिब चार घण्टा पछि आगलागी नियन्त्रणमा लिएको चितवनका प्रमुख जिल्ला अधिकारीले बताएका छन । अधिकारीका अनुसार उद्योगमा आगलागी भएकाले ठूलो क्षति भएको हुनसक्ने अनुमान गरेको छ । तर के कति क्षति भयो भन्ने विवरण आउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारीले जनकारी दिएका छन ।
खैरहनीका दुई र भरतपुरको एउटा दमकलले आगो निभाएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्