नवौँ राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा एपिएफ र मधेस प्रदेश विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ – नवौँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज सशस्त्र प्रहरी बलको एपिएफ र मधेस प्रदेश विजयी भएका छन् । पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।

एपिएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । पोखरा रङ्गशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपिएफले एक सय छ बल बाँकी रहँदै प्राप्त गरयो । एपिएफकोतर्फबाट सीता रानामगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडिन् । इन्दु वर्माले तीन बलमा दुई चौकासहित नौ रनको योगदान दिइन् ।

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८।२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकिनन्। सृष्टी जैसीले बनाएको पाँच रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।

एपिएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले तीन ओभरमा चार रन खर्चिएर दुई विकेट लिइन् । त्यस्तै सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले एक–एक विकेट लिइन् । गण्डकीका सृष्टी जैसीले एक विकेट लिनुभएको थियो । जीतसँगै एपिएफ ग्रुप ए को शीर्षस्थानमा पुगेको छ । एपिएफले दुई खेलमा दुई जीत हासिल गर्दै चार अङ्क जोडेको छ ।

दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै विजयी भयो । पहिले व्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९१ रनको योगफल तयार ग¥यो । ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले आठ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेस प्रदेश विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array