कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैनः महासंघ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने कुनै पनि निर्णय नभएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गरी केही सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै यस संस्थाबाट आधिकारिक रूपमा नेपाल प्रशिक्षार्थी कामदार पठाउने कुनै पनि निर्णय नभएको जानकारी दिएको हो ।

- Advertisement -
Ad imageAd image

महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा केही सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको दाबी गर्दै महासंघले यो विज्ञप्तिमार्फत सबैमा प्रस्ट पारेको जनाएको छ ।

यसरी, प्रशिक्षार्थी कामदार पठाउने विषयमा महासंघको कुनै पनि कार्यक्रम नरहेको तथा आफ्ना कुनै पनि सदस्यलाई आग्रहसमेत नगरेको महासंघद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्