उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले दिए सर्वोच्चमा रिट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिएका हुन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको जानकारी दिए ।

- Advertisement -
Ad imageAd image
रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्