खोटाङमा विशाल भट्टराईसहित ८ जना उम्मेदवार चुनावी मैदानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – खोटाङमा एमालेका विशाल भट्टराईसहित ८ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामकुमार राई उम्मेदवार छन् ।

यस्तै जनता समाजवादी पार्टी, नेपालबाट कृष्णकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी बाट भोज राज बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनबाट दिपक मगर उम्मेदवार रहेका छन् । यसैगरी आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट चन्द्रमणि राई र जयन्द्रकुमार राई स्वतन्त्र उम्मेदवार रहेका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्