गुडिरहेको बसमा आगलागी हुँदा पाकिस्तानमा १७ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानमा गएराति गुडिरहेको बसमा आगलागी भएको हो ।

कराँची पोर्ट सिटीलाई सिन्ध प्रदेशको जमसोरो र हैदराबादसँग जोड्ने एम–९ मोटरवेमा उक्त घटना भएको हो । उक्त घटनामा अन्य १० जना घाइते भएका त्यहाँका अधिकारीहरुले जनाएका रोयटर्सले लेखेको छ ।

बसमा करिब ३५ जना यात्रा गरिरहेका थिए । बसमा सवारहरु दादु जिल्लाका बाढीपीडित रहेका समाचारमा जनाइएको छ । उनीहरु अवस्था सामान्य हुँदै गएपछि आश्रयस्थलबाट आफ्नो घर फर्किरहेका थिए ।

उनीहरुले घर फर्कनका लागि निजी सवारी प्रयोग गरेका थिए । दादु सिन्ध प्रदेशको सबैभन्दा बढी बाढी प्रभावित जिल्ला हो ।

बसमा कसरी आगलागी भयो भन्ने विषयमा कुनै तथ्यहरु पुष्टि नभएको पनि समाचारमा जनाइएको छ । प्रहरी अधिकारीले भने बसमा विद्युत् सर्ट भएर आगालागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएका छन् ।

ऐजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array