काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) बाट बागी उमेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले दिएको निर्देशनबमोजिम उनीहरूले उमेदवारी फिर्ता लिएका हुन् ।
मंगलबार गठबन्धनका तर्फबाट बागी उमेदवारी दिएकाहरूलाई उमेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिइएको थियो । निर्देशनअनुसार प्रतिनिधिसभातर्फ चारजना र प्रदेशसभातर्फ १८ जनाले उमेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । केन्द्रबाटै उमेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उमेदवारी कायमै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्