एक दिवसीय क्रिकेट: दक्षिण अफ्रिकामाथि भारतको जीत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा जीत हात पारेको छ । राचीँमा आइतवार भएको खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले हराएको हो ।

जीतसँगै तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा भारतले १-१ को बराबरी बनाएको छ । दक्षिण अफ्रीकाले दिएको २ सय ७९ रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

- Advertisement -
Ad image

भारतका लागि श्रेयस एयरले १ सय १३ रनको शतकीय इनिङ खेले । ईशान किशनले ९३ अर्धशतकीय इनिङ खेले । सन्जु सामसनले अविजित २९ रन बनाए। दक्षिण अफ्रीकाका फोर्टून, वायन प्रनिल र कागिसो राबडाले समान १-१ विकेट लिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्